Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

छविलाल जोशीको काठमाडौंमा बयान शुरु, अब पालो रविको

काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन प्रकरणमा पूर्व प्रहरी नायब महानिरीक्षक (डीआइजी) छविलाल बन्जाडे जोशीको बयान शुरु भएको छ ।

गोरखा मिडिया प्रालिमा जीबी राई र रवि लामिछानेका पूर्व साझेदार रहेका डीआइजी जोशीलाई काठमाडौँ प्रहरीले बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेका छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका जोशीमाथि काठमाडौँको स्वर्णलक्ष्मीमा पनि अनुसन्धान गर्नुपर्ने देखिएपछि प्रहरीले काठमाडौँ ल्याएको थियो ।

यसअघि जीबी राईकै मुख्य सहयोगी रहेका कुमार रम्तेलको पनि काठमाडौंमा ल्याएर बयान लिइसकेको छ। कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रविविरुद्ध पनि काठमाडौंमा पक्राउ पुर्जी जारी भइसकेको छ । छवि पछि रविलाई पनि काठमाडौँ झिकाएर बयान लिने काठमाडौँ जिल्ला प्रहरी परिसरको तयारी छ ।