Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनी जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाह भोलि (शुक्रबार) लुम्बिनी जाने भएका छन् । लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ ।

शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुने कार्यक्रम तय भएको  संवाद सचिव डा.फणीराज पाठकले  जानकारी दिए । 

विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा पाँच दिने पूजा सुरू भएको छ। मंसिर ४ गतेदेखि सुरू भएको  पूजा ८ गते सकिनेछ ।