नेपाली बजारमा सुनको भाउ फेरि निरन्तर उकालो लागिरहेको छ । आज बिहीबार एक हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य एक लाख ६४ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन बुधबार प्रतितोलामा ९०० रुपैयाँले बढेको थियो । त्यसअघि मंगलबार तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो ।
नेपाल सुन– चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको भाउ भने सामान्य घटेको छ ।
चाँदी ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । विवाहको सिजन सुरु भएसँगै नेपाली बजारमा सुनको भाउ पनि उकालो लाग्न थालेको छ।