Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

कास्की र मनाङ सीमा क्षेत्र भएर भूकम्प

कास्की र मनाङको सीमा क्षेत्रलाई केन्द्रविन्दू बनाएर आज बिहीबार भूकम्प गएको छ । 

बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । 

यो परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।