Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

माइतीघरमा सहकारीपीडित र प्रहरीबीच झडप

काठमाडौं माइतीघरमा प्रदर्शन गर्दै आएका सहकारी पीडित र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारी बानेश्वरतिर जान खोजेपछि प्रहरीले रोक्दा झडप भएको हो । 

झडमा केही घाइते समेत भएका छन् ।थापाथलीतिरबाट आएको सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै रोकेको थियो ।

तर जुलुस अगाडि बढ्न खोज्दा झडप भएको हो । सहकारीमा वचत गरेको रकम फिर्ता नपाएकाहरुले आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । 

ललितपुरको पुल्चोकमा भेला भएका सहकारी पीडितहरु नाराबाजी गर्दै माइतीघरतर्फ आएका थिए । माइतीघर नजिकै आइपुग्दा निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै प्रहरीले बल प्रयोग गरेको हो ।