नेपाल प्रहरीको जनपद समूहतर्फका ३२ प्रहरी नायब निरीक्षक (सई) हरूलाई वरिष्ठ नायब निरीषक (वरिष्ठ सई) पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।
मंसिर ४ गते बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूको नाम सूची प्रकाशित गरिएको हो ।
बढुवा समितिको सचिवालयद्वारा जारी सूचनामा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) अनुसार सिफारिस सूची सार्वजनिक गरिएको उल्लेख छ ।
हेर्नुस् सूची