Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

दुर्गा प्रसाईंलाई आज अदालतमा पेस गरिँदै

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज बुधबार अदालतमा पेस गर्ने तयारी छ।

मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले लाजिम्पाटस्थित कार्यालय पुर्‍याएको थियो।

त्यसलगत्तै उनलाई स्वास्थ्य परीक्षणका लागि चिरायू अस्पताल लगिएको थियो। त्यसपछि सीआईबीले प्रसाईलाई साइबर ब्युरोको जिम्मा लगाएको छ। प्रहरीले हिजै अदालत लग्ने तयारी गरेको थियो। तर मुद्दा लगाउने विषय स्पष्ट नभएकाले आज मात्रै अदालतमा पेस गर्ने प्रहरीको तयारी छ।

प्रसाईमाथि विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने राय दिएको छ।