Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

डडेल्धुरामा जीप दुर्घटनाः दुई महिलाको मृत्यु, सात जना घाइते

डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । 

कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आइरहेको जीप परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडक खण्डको लिप्नामा आज दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु १ ज ४५७९ नम्बरको जीप सडकबाट ३० मिटर तल खसेको हो । दुर्घटनामा सात जना घाइते भएका छन् । 

तीमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई उपचारका लागि धनगढी लगिएको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।