Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बाढी पिडीतको घर निर्माण गर्दै नेपाली सेना

गत असोज १२ गते आएको बाढीले फेमे खोला नजिकै रहेको घर बगाएपछि घरबारविहीन बनेका पाँचथरको फिदिम नगरपालिका–११ का अपाङ्गता भएका प्रेमकुमार श्रेष्ठको परिवारका लागि सोही वडाको सेजेपामा घर निर्माण गर्दै नेपाली सेनाको फिदिमस्थित रणशेर गणका सैनिक ।

फिदिमको जनसेवा समाजको समन्वय तथा सहयोगमा नेपाली सेनाले घर निर्माण गरिरहेको छ । तस्बिर : रवीन्द्र काफ्ले