Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

४९ उपसचिव पदमा बढुवा प्रक्रिया स्थगित

लोकसेवा आयोगले ४९ पदमा राजपत्रांकित द्धितिय श्रेणी उपसचिवका लागि गरेको विज्ञापनको प्रक्रिया स्थगित गरेको छ ।

आयोगले आज सोमबार एक सूचना जारी गर्दै उच्च अदालत पाटनबाट कात्तिक १४ मा भएको आदेश कार्यान्वयनका लागि आयोगबाट गत असोज ३० मा प्रकाशित इन्जिनियरिङ सवातर्फ उपसचिव वा सो सरहको पदमा बढुवा सूचना तथा आन्तरिक प्रतिस्पर्धा तर्फको विज्ञापनको दरखास्त संकलन समेतका काम स्थगित गरिएको जनाएको हो ।

आयोगले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवातर्फ २० जना, कार्यक्षमताको मूल्यांकनबाट हुने बढुवातर्फ १९ र आन्तरिक प्रतिस्पर्धातर्फ १० जनाको पदपूर्तिका लागि विज्ञापन गरेको थियो ।

suchana(4).jpg