Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

पोलमा चढ्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

कालीकोटको शुभकालिका गाउँकांपालिका–४ स्थित रारा गाउँमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बिहान ८ बजे पोल चढ्ने क्रममा करेन्ट लागेर २६ वर्षीया वीरेन्द्र चौलागाईंको मृत्यु भएको जानकारी दिए । 

चौलागाईं विद्युतसम्बन्धी सामान्य काम गर्दै आएका थिए । घटनाका विषयमा मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल कालीकोटमा ल्याउन लागिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।