Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

नारायणचौर नक्सालस्थित फर्निचर कारखानामा आगलागी

नारायणचौर नक्सालस्थित फर्निचर कारखानामा आगलागी भएको छ ।

कुर्सी बनाउने कारखानाको फम गोदामबाट आगलागी सुरु भएको बताइएको छ । काठमाडौं महानगरको दमकलले अहिले आगो नियन्त्रणमा आइसकेको छ ।

आगलागीबाट भएको क्षति र कारण संकलन भइरहेको प्रहरीले बताएको छ । फर्निचर कारखानाका धनी पनि सम्पर्कमा आइनसकेको प्रहरीको भनाइ छ ।