Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

उपरथी भट्टलाई दर्ज्यानी चिन्ह

उपरथी दर्जामा विशेष पदोन्नति भएका सहायक रथी टंकप्रसाद भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले आज आइतबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

कार्यक्रममा रथीवृन्द र अधिकृतहरूका साथै भट्टको परिवारजनको उपस्थिति थियो ।