Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको पहिलो दिन ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुन–चाँदीको भाउ ओरालो लागेको छ। अघिल्लो कारोबार दिन (शुक्रबार) प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ नै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भएको थियो ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।