Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

लगातार ओरालो लागिरहेको सुनको भाउ फेरि बढ्यो, आज तोलाको कति पुग्यो?

नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार लगातार ओरालो लागिरहेको सुनको भाउ भने उकालो लागेको छ । आज नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य  १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको हो।

बुधबार २ हजार २०० सय रुपैयाँले घटेर प्रतितोला सुन १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य बढे पनि चाँदी भने घटेको छ ।  

यस दिन  ३० रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला चाँदी १ हजार ९४० रुपैयाँमा खरिद बिक्री भएको थियो ।