Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

लगातार ओरालो लाग्दै सुनको भाउ, आज तोलाको कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा केहि दिनयता सुनको भाउ लगातार ओरालो लागिरहेको छ ।

आज बुधबार पनि सुनको भाउ चार सय रुपैयाँले घटेको छ । सुनको भाउ आज चार सय रुपैयाँले घटेर तोलाको एक लाख ६२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एकैदिन दुई हजार चार सय रुपैयाँले घटेर तोलाको एक लाख ६२ हजार ६ सय रुपैयाँ कायम भएको थियो । पछिल्लो केही दिनयता सुनको भाउ लगातार घटेको छ । यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ ।

 चाँदी १५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।