Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोवार?

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार रुपैयाँले घट्दै प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँले घटेको छ । यससँगै, चाँदी आज प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।