Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरले चलायो डोजर (फोटोफिचर)

ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ ।  आज आइतबार ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा नगर प्रहरीले डोजर चलाएको हो ।

नगरप्रमुख हाछेथुले सहकारीले सरकारी बाटो मिचेर बिना नक्सा मापदण्ड विपरीत गएर संरचना बनाएको बताए । उनले सहकारीलाई ७ दिने सूचना निकालेर ध्यानाकर्षण गराउँदा पनि व्यवास्था नगरेको कारण आफूहरुले डोजर चलाएको उनको भनाई छ । 

Sitaram Hachhethu.jpg

उनले भने,‘यहाँ मापदण्ड विपरीत गएर संरचना बनाइएको थियो । यो मापदण्ड विपरीत छ भनेर पहिले नै निर्णय भइसकेको थियो । सहकारीले जनताको बाटो बढि मिचेर संरचना बनाएको छ ।

Photos (8).jpg

जनताको बाटो जनताले नै प्रयोग गर्न पाउनुपर्छ भन्ने हो । यहाँ मुद्दा परेपछि संरचना भत्काँउन अदालतले ललितपुर महानगरपालिकालाई निर्देशन दिएसँगै ललितपुर महानगरको निर्देशनमा भत्काँउन सुरु गरेका हौं । हामीले ७ दिनको समय पनि दिएका थियौं ।’ 

भिडियो: