Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सातको पहिलो दिन ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कति?

नेपाली बजारमा आज साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार ५०० रुपैयाँ कायम भएको थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।