Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सिटिजन्स बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियरमा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकले काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा विशेष छुट पाउने भएका छन्। बैंकले लेमन ट्री प्रिमियरसँग आफ्ना ग्राहकलाई २० प्रतिशतसम्मको छुट दिने गरी सम्झौतामा हस्ताक्षर गरेको हो।

बैंकले यस किसिमको सहकार्यबाट आफ्ना ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल माध्यमतर्फ उत्प्रेरित गराउँदै डिजिटल बैंकिङ्गको प्रयोगलाई प्रोत्साहन गर्ने विश्वास लिएको छ। ग्राहकहरूलाई डिजिटल कारोबारमा सहजता र लाभ प्राप्त गराउनका लागि बैंकले समय समयमा विविध ग्राहकमैत्री योजना सार्वजनिक गर्दै आएको छ।

ग्राहकहरूले डिजिटल कारोबार गर्दा प्राप्त हुने छुटसम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटमार्फत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

सिटिजन्स बैंकले हाल देशभर ६० जिल्लामा फैलिएका १९७ शाखा, १६२ ए.टी.एम., ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ्ग ईकाइहरू मार्फत १८ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक र सुलभ बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।