Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

नेपाली सेनाका लेसनायकको करेन्ट लागेर मृत्यु

मकवानपुरमा करेन्ट लागेर एक नेपाली सेनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा डडेलधुराको गन्याधुरा गाउँपालिका–१ घरका लेसनायक अन्दाजी २९ वर्षीय पदमबहादुर दियाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

उनका अनुसार भीमफेदी–८, दोभानमा फास्ट ट्रयाक (द्रुतमार्ग) को बेस क्याम्पमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन तारमा पाइप छुँदा करेन्ट लागेर उनको निधन भएको हो । 

उनलाई तत्काल सेनाको हेलिकप्टरमार्फत उपचारका लागि आर्मी अस्पताल छाउनी लगिएको थियो ।