Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

राष्ट्रपति पौडेल कमलपोखरी र गौरीघाट पुगेर गरे छठी माताको पूजाआराधना (फोटोफिचर)

भक्तपुरको कमल पोखरीदेखि गोदावरीसम्मका छठघाट झकिझकाउ

राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले छठ पर्वका अवसरमा छठी माताको पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेलले काठमाडौंको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर आज अपराह्न छठी माताको पूजाअर्चना गरेका हुन् ।

466074341_2956612804487759_5165551416686090762_n.jpg

राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए । राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए । त्यहाँ उनले सूर्यसहित छठी माताको पूजाआराधना एवं अर्घदान गरे ।

chhat-ktm1.jpg

यसैगरी उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजाआराधना गरे । राष्ट्रपति पौडेल गुह्वेश्वरी र कमलपोखरीको पूजास्थल पुग्दा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।

chhat-ktm2.jpg

भक्तपुरको कमल पोखरीदेखि गोदावरीसम्मका छठघाट झकिझकाउ
सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा यस वर्ष पनि भक्तपुर र ललितपुरका पोखरी तथा खोलामा आज छठ पर्व भव्य रुपमा मनाइँदै छ । छठ मनाउनेको भीड बाक्लिँदै गएको र छठका सामान धमाधम छठ घाटमा राख्न थालिएको छ ।छठ पर्वको तयारीमा भक्तपुरका पोखरी र खोला सिङ्गारिएका छन् । तराई–मधेशबाट आएर भक्तपुरमा विभिन्न पेसा, व्यवसाय गर्दै स्थायी तथा अस्थायी रूपमा बसोबास गरेकाले भक्तपुरको कमल पोखरीमा छठ मनाउने तयारी गरेका छन् ।  

chhat-ktm.jpg

भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा दुई सयभन्दा बढी परिवारले पोखरी सिङ्गारेर, मूर्ति राखेर र पूजाको तयारी गरेको छठ पर्व तयारी समिति भक्तपुरका व्यवस्थापक लक्ष्मण रौनियारले जानकारी दिए । छठ पर्वका लागि यहाँका स्थानीयवासीले सहयोग गरी सामाजिक सद्भव व्यक्त गरेको उनले बताए । भक्तपुर र ललितपुरको सीमानास्थित गोदावरी खोलामा पनि आज छठ पर्वको तयारी गरी छठ मनाउनेको बाक्लो चहलपहल रहेको बालकोट बस्दै आएका दशरथ ठाकुरले जानकारी दिए ।

466074341_2956612804487759_5165551416686090762_n.jpg

गोदावरी खोला सिङ्गारिएर झकिझकाउ बनाइएको र बालकोट, सिरुटार र ललितपुरको टीकाथली, चाँगाथलीदेखि सातदोबाटोसम्मका क्षेत्रमा बस्दै आएका दुई सय बढी परिवारले छठ मनाउने सामग्री ल्याउन थालेको उनले बताए । छठपर्वको अवसरमा आज साँझ अस्ताउँदो सूर्य र भोलि शुक्रबार सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा समापन हुने उनले जानकारी दिए ।

466039255_2956612881154418_8271446880817673464_n.jpg

आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी आज जलाशय, नदी किनारमा व्रत बसी धुमधामले छठ पर्व मनाइँदैछ । छठको मुख्य दिन आज कार्तिक शुक्ल षष्ठीको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसी भोलि शुक्रबार सप्तमीको दिन उदाउँदो सूर्यको उपासना गरी अर्घ दिएपछि यो पर्व सम्पन्न हुने उनले बताए ।