Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

एकैदिन तोलामा ४ हजारले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोवार?

नेपाली बजारमा सुनको भाउ एकैदिन ४ हजारले घटेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मुल्य प्रतितोला १ लाख ६४ हजार ५सय रुपैयाँ निर्धारण गरेको हो । 

अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । 

अघिल्लो दिन प्रतितोला २०१५ रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ ।