Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

राप्ती नदीले बगाउँदा युवतीको मृत्यु

दाङमा राप्ती नदीले बगाउँदा एक युवतीको मृत्यु भएको छ । राजपुर गाउँपालिका–३ कालिपुरूवाकी १६ वर्षीया विद्यावती यादवको मृत्यु भएको हो । 

बुधबार बेलुका सवा ६ बजे लमही नगरपालिका–८ बाट घर फर्किने क्रममा राप्ती नदीमा भौंसी तार्ने क्रममा बगेर बेपत्ता भएकी थिइन् ।

खोजी गर्ने क्रममा उनको शब बिहीबार बिहान साढे ८ बजे लमही–८ धनपुरूवास्थित राप्ती नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जानकारी दिए । ‘बुधबार बेलुका भैंसी मात्र घर पुगेपछि परिवारले खोजी कार्य सुरू गरेका थिए,’ डिएसपी थापाले भने ।  यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।