Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

बसुन्धारा र सुन्दरीजलमा दुई जना मृत फेला

काठमाडौंका दुई फरक–फरक ठाउँमा दुई व्यक्ति मृत भेटिएका छन् । 

टोखा नगरपालिका–५ बसुन्धारामा एक पुरुष र गोकर्णेश्वर नगरपालिका–२ सुन्दरीजलमा एक पुरुष गरी दुई जना मृत फेला परेका हुन् । बसुन्धारास्थित आफ्नै डेरामा ३१ वर्षीय कृष्ण पाण्डे मृत फेला परेका हुन् ।

सुनसरीको धरान उपमहानगरपालिका–१२ घर भएका पाण्डे आफ्नै कोठामा मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 

त्यसैगरी सुन्दरीजलस्थित आफ्नै कोठामा काभ्रे घर भएका ४५ वर्षीय सुरेश तामाङ बुधबार मृत अवस्थामा भेटिएका हुन् । दुबै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।