Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो ।

यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ ।