Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

काठमाडौंबाट महोत्तरी जाँदै गरेको बस दुर्घटना, ३५ जना यात्रु घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटार समीडाँडामा बुधबार बिहान भएको बस दुर्घटनामा ३५ जना यात्रु घाइते भएका छन् । 

घाइतेमध्ये २८ जनालाई उपचारका लागि चितवन भरतपुर पठाइएको छ । चार जनाको हेटौंडा अस्पताल र ३ जनाको मनहरीस्थित अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंबाट महोत्तरीका लागि छुटेको प्रदेश–२–०३–००१ ख ३६३९ नम्बरको बस बुधबार बिहान ४ बजे सडकदेखि १० मिटर तल खसेको थियो । 

तीव्र गतिमा आएको बस मोड काट्ने क्रममा सडकबाट तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था गम्भीर नभएको प्रहरीको भनाइ छ ।