Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

श्रीमानले चलाएको मोटरसाइकल पल्टिँदा श्रीमतीको मृत्यु

रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । 

दुर्घटनामा परी सुनछहरी गाउँपालिका–१ झम्की गाउँकी २८ वर्षीया खुनो बिकको मृत्यु भएको छ ।

सुनछहरी–५ थवाङको पेवाङदेखि उवा जाने भित्री सडकमा मंगलबार बेलुकी ३२ वर्षीय मोहन बिकले चलाएको रा ६ प ४०५३ नम्बरको मोटरसाइकल सडक किनारमा पल्टिएको थियो । 

दुर्घटना हुँदा उनकी श्रीमती खुनो सडकबाट झण्डै ५० मिटर तल खसेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिएका छन् । मोटरसाइकल चालक मोहनको अवस्था भने सामान्य छ ।