Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

तिहार सकिएपछि ह्वात्तै घट्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार?

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिए लगतै नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत कात्तिक १३ गते प्रतितोला एक लाख ६८ हजार ५०० रूपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता लगातार बढेको थियो ।

कात्तिक १५ गते (तिहारअघि तोकिएको अन्तिम मूल्य)प्रतितोला एक लाख ७१ हजार रहेको थियो । त्यसयता सोही मूल्यमा कारोबार भएको थियो । आज स्थानीय बजार प्रतितोला एक लाख ६८ हजार २०० रूपैयाँ कारोबार मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यो अघिल्लो दिनको कारोबार मूल्यको आधारमा यस दिन सुनको मूल्य दुई हजार आठ सय रूपैयाँ कम हो ।  आज चाँदीको मूल्य पनि केही घटेको छ ।

यस दिनको लागि प्रतितोला दुई हजार ३० रूपैयाँ मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ । अघिल्लो दिनको कारोबार मूल्य दुई हजार ९० रूपैयाँ थियो ।