Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

देशभर तिहारको झिलिमिली

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारका अवसरमा देशभर तिहारको झिलिमिली छाएको छ । काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजाइएको छ । 

tihar-ktm1.jpg2024-10-31-19-55-01.jpg

हरेक घर, टोल र पूरै उपत्यका बत्तिले सजाइएको छ । हिन्दु नेपालीहरूले बिहीबार (साँझ) धनधान्यकी देवी लक्ष्मीको पूजा आरधना गरेका छन् ।  तिहारको तेस्रो दिन बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा गरिएको छ ।

SurajGhimire_KTM_RSS_15_Jhilimilibatti2.jpg

लक्ष्मीपूजाको दिनलाई सुखरात्रिको रुपमा पनि लिइन्छ । आजको रात लक्ष्मीलाई प्रसन्न पार्न घरघरमा उज्यालो पारिएको छ । घर मात्रै नभएर व्यापारिक मल, पसल, सडकमा लक्ष्मीपूजाको रौनक देखिएको छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ ।

आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई बोलाउने गरिन्छ। विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, भर्‍याङलगायत ठाउँमा सरसफाइ गरी दीपावली गरिन्छ ।