Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

लक्ष्मी पूजाको दिन पनि सुनको भाउले बनायो नयाँ कीर्तिमान, तोलाको कति पुग्यो?

नेपाली बजारमा सुनको भाउले आज (बिहीबार) पनि नयाँ कीर्तिमान बनाएको छ । 

आज तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार सात सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ भने घटेको छ । 

आज चाँदीमा २० रुपैयाँले घटेर दुई हजार ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।