Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

नेपाल र बंगलादेश उपाधिका लागि मैदानमा भिड्दै, खेल हेर्न प्रधानमन्त्री दशरथ रंगशालामा (फोटोफिचर)

केहीबेर अघि सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन् । अहिले घरेलु टीम नेपालसँग बंगलादेश मैदानमा भिडिरहेको छ। बुधवार साढे ६ बजेबाट सुरु भएको खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला पुगेका हुन् ।

nepal pootball team.jpg

रंगशालामा दर्शक भरिभराउ छन् । खेल हेर्न उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी समेत दशरथ रङ्गशालामा उपस्थिति छन् ।

Kp sharma oli priminister of nepal3.jpg

सन् २०१० मा बङ्गलादेशबाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । यसअघि पटक पटक फाइनलसम्म पुगे पनि नेपाल उपविजेतामै  चित्त बुझाउन बाध्य छ ।

Kp sharma oli priminister of nepal2.jpg

नेपालले साफ महिला च्याम्पियनसिपमा चार पटक भारतसँग तथा एक पटक बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो । यस पटक भने घरेलु मैदानमा अघिल्लो संस्करणमा बङ्गलादेशसँगको हारको बदला लिन चाहन्छ । नेपाल र बङ्गलादेश दुवै अपराजित रहँदै साफको फाइनल पुगेका हुन् । नेपालले भारत र बङ्गलादेशले भुटानलाई हराउँदै प्रतियोगिताको फाइनल यात्रा तय गरेका हुन् । 

Kp sharma oli priminister of nepal1(1).jpg

नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यस्तै नेपालले श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गरेको  थियो । 

nepal-vs-bn.jpg

यस्तै बङ्गलादेशले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । प्रधानमन्त्री ओलीले बंगलादेश र नेपालबीचको फाइनल खेलको पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ । 

nepali football team2024-10-27-19-54-39.jpg