कपिलवस्तुका भाष्कर पंगेनी र कैलालीका दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ स्थित भरतपुरमा व्यावसायिक रुपमा गरिएको फूलखेतीमा फुलेको फूल तिहारका लागि बिक्री गर्न टिपिदै।

घोराहीमा सयपत्री फूल प्रतिकिलो रु ४००देखि रु ५०० सम्म र माला प्रतिगोटा रु १०० देखि रु २०० का दरले बिक्री हुने गरेको छ । तस्बिरः कुलदीप न्यौपाने