Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड, हेर्नुहोस् तोलाको कति पुग्यो?

नेपाली बजारमा सुनको भाउ एकैदिन २२ सय रुपैंयाँले बढेर अहिलेसम्मकै महँगो रेकर्ड बनाएको छ।

हिजो (मंगलबार) को तुलनामा आज बुधबार सुनको मूल्य तोलामा दुई हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको हो।

अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम थियो । महासंघका अनुसार बिहीबार कायम भएको नयाँ मूल्य हालसम्मकै उच्च हो । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दै आएको छ ।

महासंघका अनुसार बुधबार छापावाल सुन प्रति १० ग्राम १ लाख ४६ हजार ३५० रुपैयाँ कायम भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा २ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ बढेर दुई हजार १२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।