Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

ग्लोबल आइएमई बैंक र इन्स्टयान्ट क्यासबीच सम्झौता, युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने

ग्लोबल आइएमई बैंक र युएईको इन्स्टयान्ट क्यासबीच सम्झौता भएको छ। 

युएईमा रहेका नेपालीले नेपालमा सहजै पैसा पठाउन सक्ने गरी बैंकले इन्स्टयान्ट क्याससँग सम्झौता गरेको हो।सम्झौताअनुसार देश बाहिर रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंक वा नेपालका अन्य बैंक तथा वित्तीय संस्थामा रहेको खातामा सहजरुपमा रेमिटेन्स पठाउन सक्ने बैंकले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

युनाइटेड फिनटेक सोलुसन्स एलएलसीको पूर्ण स्वामित्वमा रहेको इन्स्टयान्ट क्यासले फिनटेकको माध्यमबाट संसारभर रेमिटेन्स सुविधा प्रदान गर्दै आएको छ।

युएईका साथै विश्वको विभिन्न देशबाट ग्लोबल रेमिटमार्फत् पठाएको पैसा ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालय वा नेपालभरी रहेका आइएमई लिमिटेडका ५० हजारभन्दा बढी एजेन्टबाट भुक्तानी लिन सकिनेछ।