Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सरकार रवि लामिछाने सिध्याउने अभियानमा छः डा.स्वर्णिम वाग्ले (भिडियोसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले सरकारले दल फुटाउने विधेयक ल्याएर साना दल फुटाएर रवि लामिछानेलाई सिध्याउने खेलमा रहेको बताएका छन् । 

 आज मंगलबार सहकारी बचत अपचलनमा पक्राउ परेका पार्टी सभापति लामिछानेलाई हिरासतमुक्त गराउन बालुवाटार भएको विरोध प्रदर्शनमा उनले सरकारले दल फुटाउने विधेयक ल्याएर साना दल फुटाउने र लामिछानेलाई सिध्याउने एवम रास्वपालाई थर्काउने, धम्काउने, गलाउने रणनीतिमा लागि परेको बताए । 

उनले स्वतन्त्र न्यायीक निष्पक्ष छानबिन आयोग बनाएर सबै भ्रष्टहरुको छनबीन आफूहरूले गर्ने दाबी पनि गरे । उनले अरू सहकारी ठगीको आरोपीहरूलाई चाहिँ सरकारले बचाइराख्दा रविलाई हिरासतमा राख्नु कुनै औचित्य नरहेको बताए । 

‘नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र ऋषि केश पोखरेल जस्तालाई पनि आरोप लागेको छ । तर सरकारले उनीहरूलाई बचाइराखेको छ । जीवी राईका सल्लाहकार आज राष्ट्रपतिका सल्लाहकार छन् । उहाँहरूलाई चाहिँ उन्मुक्ति दिने स्वतन्त्र हिँड्न दिने तर रविलाई हिरासतमा राख्नु औचित्य छैन । अभिलम्ब उहाँ रिहा हुनुपर्छ ।’ 

सांसद सुमना श्रेष्ठले रास्वपाको सरकारले आफूहरूको आन्दोलन कमजोर बनाउन प्रयास गरिरहेको बताएकी छन् । उनले आफूहरूलाई गलाउने र कमजोर बनाउने तथा फुटाउने सरकारको प्रयासलाई प्रतिरोध गर्नुपर्ने बताइन् ।