Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

राजाको शासनमा ढुंगा हानेका हात हुन्, धाकधम्की नदेखाइयोस्ः सन्तोष परियार

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) प्रमुख सचेतक सन्तोष परियारले शान्तिपूर्ण प्रदर्शनमा धाकधम्की नदेखाउन सरकारलाई चेतावनी दिएका छन् । 

आज मंगलबार बालुवाटारमा जारी रास्वपाको प्रदर्शनलाई सम्बोधन गर्दै उनले आफ्ना हातहरू राजाको शासन सत्तामा ढुंगा हान्ने रहेको बताएका हुन् । 

‘हाम्रो अनुशासनलाई बुझ्नुस्, धेरै धाकधम्की नदेखाउनुस्, बल प्रयोग नगर्नुस्, हाम्रा केही साथीहरूलाई घरपकड भयो । स्मरण रहोस्, न्यायका लागि हिजो राजाको प्रत्यक्ष शासन सत्तामा ढुंगा हान्ने हातहरू यही हुन्,’ उनले भने । 

उनले लोकतान्त्रिक विधिबाट सरकारमा रहेकाहरूलाई खारेज गरिसकेको बताए । आफ्नो संघर्षको कार्यक्रम जारी रहने भन्दै उनले यो संघर्ष कुनै व्यक्ति र पार्टीको मात्रै नभएको दाबी गरे ।