Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रविको रिहाइ माग गर्दै बालुवाटारमा प्रदर्शन गरेका रास्वपाका सांसदसहित ५१ जना पक्राउ

सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज मंगलबार गरेको प्रदर्शनका क्रममा ५१ जना नेता–कार्यकर्ता पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सांसद अशोक चौधरीसहितका नेता कार्यकर्ता रहेका छन्। ५१ जनामध्ये एक जना महिला र बाँकी सबै पुरुष रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिएका छन्। रास्वपाले मंगलबार लामिछाने पक्राउको विरोधमा बालुवाटार केन्द्रित प्रदर्शन गरेको थियो ।

प्रदर्शनका क्रममा रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको हो । सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएकोमा मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो । उनीहरूलाई काठमाडौँका विभिन्न प्रहरी वृत्तमा राखिएको छ।

प्रदर्शनमा उत्रिएका नेता कार्यकर्ताले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् ।