नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार रुपैयाँ तोकेको छ । आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
यसअघि आइतबार सुन १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ ।
आइतबार तोलामा २ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर २ हजार ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।