नेपाली बजारमा आज शुक्रबार सुनको भाउ स्थिर भएको छ । अघिल्लो साता लगातार बढेको सुनको मूल्य पछिल्लो समय ६ सय रुपैयाँले घटेको थियो ।
नेपाली बजारमा सुन बिहीबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार पनि यही मूल्यमा सुन कारोबार भएको थियो । चाँदीको मूल्य भने घटेको छ ।
आज चाँदी प्रतितोला २० रुपैयाँ घटेर कारोबार भएको छ । आज चाँदी प्रतितोला दुई हजार ७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँ कारोबार भएको थियो ।