Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

तीन महिनामा वाणिज्य बैंकहरूले कमाए १६ अर्ब नाफा, कसको कति?

चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि ओजसम्म) मा वाणिज्य बैंकहरूले १६ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएका छन् । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २० वाणिज्य बैङ्कहरूले १६ अर्ब २३ करोड १९ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । 

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूको खुद नाफा २१ प्रतिशतले बढेको छ । सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरूमध्ये १२ को खुद नाफा बढेको छ भने ८ वटाको गिरावट आएको छ। 

कसको कति नाफा?  
तीन महिनामा ग्लोबल आईएमई बैंकको नाफा २३.३६ प्रतिशत, नेपाल बैंकको ३२२.९७, प्रभु बैंकको ०.६२, लक्ष्मी सनराइजको ४२०.५३, नेपाल एसबीआईको ७०.०१, प्राइम कमर्सियलको ११.७५, स्ट्यान्डर्ड चार्टर्डको ४.१७, कुमारी ३०८.५, सिद्धार्थ बैंकको ७९१.५०, एनएमबी १८.९४, एभरेस्ट बैंकमा ४४.४४, नबिल बैंकको ३९.९७ प्रतिशतले नाफा बढेको छ ।

तर ८ वाणिज्य बैंकको नाफामा भने संकुचन आएको छ । सानिमा बैंकको १७.२७, हिमालय ३१.२२, माछापुच्छ्रे ७, नेपाल इन्भेष्टमेन्ट मेगा ३.८२, कृषि विकास बैंकको १२९.५०, सिटिजन्स बैंकको १२.५५, एनआईसी एसिया ८९.०६, राष्ट्रिय वाणिज्य बैंकको ८२.४० प्रतिशतले नाफामा गिरावट आएको विवरणले देखाएको छ । चाल आवको पहिलो त्रैमासिकमा सबैभन्दा बढी नाफा नबिल बैंकले गर्दा सबैभन्दा कम एनआईसी एसियाको रहेको छ ।

हेर्नुस् कसको कति नाफा?

1(4).png