Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आज सोमबार एकै दिन प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ तोकेको छ । 

यसअघि आइतबार १ लाख ६५ हजार रूपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ । 

आइतबार तोलामा २ हजार ७५ रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले  बढेर २ हजार  ९५ रूपैयाँमा कारोवार भइरहेको छ ।