Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

‘कानुनी प्रक्रियालाई सघाउन तयार छौं, कुनै व्यक्ति र संस्थाउपर रिस साँध्न हुन्न’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापतिलाई लागेको आरोपका विषयमा हुने कानुनी प्रक्रियालाई सघाउने बताएका छन् ।    

पार्टीको जिल्ला भेलामा सहभागी हुन रुकुम पश्चिम आईपुगेका परियारले पत्रकारसँग भने, ‘कानुनी प्रक्रियालाई सघाउन तयार छौं । कुनै व्यक्ति तथा संस्थाउपर रिस भने साँध्न हुन्न ।’ 

पार्टीका मुख्य–मुख्य गतिविधि सञ्चालन भइरहने र तोकिएका जिल्ला भेला र महाधिवेशनका कार्यक्रमहरू भने अर्को सूचना नहुञ्जेल स्थगित गरिएको पार्टीका प्रमुख सचेतक परियारले जानकारी दिए ।