Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि लामिछाने पक्राउ परेपछि डा. बाबुराम भट्टराईले के भने?

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रति आफ्नो पूर्ण सहानुभूति रहेको बताएका छन् ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले निर्दोष कसैलाई पनि फसाइन नहुने भन्दै भने, ‘रविजी वैकल्पिक राजनीति गर्ने भनेर आउनुभएको छ । उहाँको राम्रो होस् भन्ने कामना गर्छु । जुन ढंगले उहाँलाई आरोप लगाइएको छ, त्यसमा सत्यता नभए पनि यो प्रक्रियाको निरुपणमा म सघाउँछु भनेर आफैंले बोलिसक्नु भएको हुनाले उहाँप्रति मेरो पूर्ण सहानुभूतिका साथ यसलाई उहाँले पार गर्नुहुनेछ । यो प्रक्रियालाई टुंग्याउँछु भन्नुभएको छ भन्ने लाग्छ ।’

लोकतन्त्रमा विधिको शासन हुने भएकाले ठूलो सानो जो भए पनि दोषी देखिए कारबाही हुनुपर्ने उनले बताए । ‘हाम्रो पार्टीको धारणा चाहिँ के हो भने लोकतन्त्र भनेको विधिको शासन हो । पारदर्शिता हुनुपर्छ । विधिको शासनमा चल्नुपर्छ’, उनले भने, ‘ठूलो सानो जो कोही भए पनि कसैलाई पनि अन्याय गर्न मिल्दैन । कोही निर्दोष छ भने फसाइनु हुँदैन ।’

यो पनि हेर्नुहोस् -