पोखरा जान लागेका रविका समर्थक सवार गाडीलाई बाटैमा राेकियो
सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अहिले गाडीमा राखेर पोखरा लगिँदैछ।
उनले प्रहरीलाई अनुरोध गरेपछि गाडीमै राखेर पोखरा लगिएको हो। अहिले उनीहरू धादिङको गजुरी पुगेको प्रहरीले जनाएको छ। उनलाई स्थलमार्गबाट पोखरा लगिएको हुँदा विभिन्न ठाउँमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ।
जिल्ला प्रहरी कार्यालय धादिङका एक प्रहरी अधिकारीका अनुसार ठाउँठाउँमा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्। त्यस्तै गल्छीमै प्रदर्शन समेत भएको थियो। त्यहाँ केहीबेर अवरोध भएपछि सुरक्षाकर्मीले प्रदर्शनकारीलाई पन्छाएर अगाडि बढेको हो।
पोखरा जान लागेका रविका समर्थक सवार गाडीलाई बाटैमा राेकियो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई समर्थन गर्न पोखरा जान लागेका उनका समर्थकहरूलाई प्रहरीले जुगेडीमा रोकेको छ । भरतपुर र आसपासका व्यक्ति सवार गाडीलाई प्रहरीले जुगेडीमै राेकेकाे हो ।
समर्थकले अवरोध गर्न सक्ने देखिएपछि मुग्लिनमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि लामिछाने आज पक्राउ गरेका हुन् । उनलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ गरिएको हो ।