Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सहकारी ठगी आरोपमा पक्राउ परेका रवि लामिछानेले पक्राउ पर्नुअघि के भने? (भिडियोसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यले आफूमाथि दादागिरी गरेकोले डटेर सामना गर्न अपिल गरेका छन्।

सहकारी ठगी र संगठित अपराधमा लामिछानेमाथि शुक्रबार कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। लगत्तै पार्टी केन्द्रीय कार्यालय च:मतिमा प्रहरीहरू लामिछानेलाई पक्राउ  गर्न पुगेका थिए। पक्राउ पर्नुअघि लामिछानेले पार्टी कार्यालयमा भेला भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै राज्यले दादागिरी देखाएकोले डटेर सामना गर्न अपिल गरेका छन्।

HRB-KTM-20241018_180326.jpg

‘देशले आशा र भरोसा गरेको थियो त्यसमाथि प्रहार भएको छ। यो प्रहारलाई हामी सामना गर्नेछौं। म कुनै पनि किसिमको न्यायिक जाँच दिनको लागि अदालती प्रक्रियालाई सम्मान गर्न चाहन्छु,’ उनले भने, ‘तर यो राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न अपिल गर्न चाहन्छु।’

रास्वपा फुटाउने र आफूलाई चुनाव नै लड्न नदिने गरी प्रतिशोध साँध्न खोजिएको उनको भनाइ थियो। ‘मैले कुनै पनि अपराध गरेको छैन, राज्यले सम्पूर्ण स्रोत र शक्ति लगाएर यो कार्य गरेको छ यसलाई नेपाली नागरिकले हेरेका छन्,’ उनले भने, ‘राज्यले गरेको यो दादागिरीलाई डटेर सामना गर्न  यहाँहरूलाई साहस मिलोस् भन्न चाहन्छु।’ 

Web Post.png

रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा रवि लामिछानेको समर्थनमा हुटिङ भएको छ । यस्तै, सरकारविरुद्ध नाराबाजी भएको छ । शुक्रबार साँझ पार्टी कार्यालयमा उपस्थित सञ्चारकर्मी र समर्थकहरूलाई सम्बोधन गरेलगत्तै रवि पक्षमा र सरकारको विपक्षमा नाराबाजी भएको हो ।

रास्वपाका समर्थकहरूले 'रवि दाइ, हाई हाई', 'दलाली सरकार, मुर्दावाद', 'भ्रष्ट सरकार, मुर्दावाद' सहितका नारा लगाएका थिए । कास्की प्रहरीबाट पक्राउको अनुमति पाएको प्रहरीले लामिछानेलाई स्थलमार्गबाट पोखरा लगेको छ ।  

भिडियो: