Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

महिनाको पहिलो दिन सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको कति पुग्यो?

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६२ हजार ४ सय पुगेको हो ।

यसअघि बुधबार सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको थियो  । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । 

आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।