नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा नयाँ कीर्तिमान बनेको हो ।
आज १ हजार ३ सय रुपैयाँले बढेसँगै तोलाको एक लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य पनि १ हजार ९ सय ५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ६ सय ७४ अमेरिकी डलर र चाँदी ३१.६७ अमेरिकी डलर प्रतिऔंस मूल्यमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन् । असोज महिनामा पनि सुनले नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ ।