Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बैंकहरुले घटाए ब्याजदर, कुनको कति? (सूचीसहित)

बैंकहरूले आउँदो कात्तिक महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । आगामी कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका हुन् ।

असोजको लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ६.४ प्रतिशत ब्याजदर दिइरहेकामा यस्तो ब्याजदर घटेको हो । बैंकहरूले कात्तिकका लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.१४ प्रतिशत छ । एउटा बैंकले भने ब्याजदर बढाएको छ । सानिमा बैंकको ब्याजदर सामान्य बढेको हो ।

नौं वटा बैंकको ब्याजदर सामान्य घटेको छ । बाँकीको स्थिर छ । अहिले सबैभन्दा धेरै ब्याजदर एनआइसी एशिया बैंकले दिने भएको छ । बैंकले ६.९९ प्रतिशतसम्म ब्याज दिने भएको हो ।

कर्जाको वृद्धिदर समान्य रहेपछि धेरै बैंकहरूले लागत घटाउन निक्षेपको ब्याजदर केही भएपनि घटाएका हुन् । चाडपर्वको कारण कर्जा माग बढ्न सकेको छैन । बैंकहरूले साधारण बचतको ब्याजदर न्यूनतम ३ प्रतिशतसम्म पनि दिइरहेका छन् ।


हेर्नुस् कसको व्याजदर कति?

b(4).jpg