Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्रीले शितलनिवास पुगेर राष्ट्रपतिबाट लगाए टीका

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग दसैंको टीका ग्रहण गरेका छन् । 

राष्ट्रपति निवास शितलनिवास पुगेर प्रधानमन्त्रीले टीका–जमरा ग्रहण गरेका हुन् । उनीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल लगायत राष्ट्रपति निवास पुगेका थिए ।

ramchandra poudel president-kp sharma oli pm1.jpg.crdownload2024-10-12-16-27-46 (1).jpg

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइ दिएका हुन् । यसपछि भने ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका जमरा लगाइ दिने कार्यक्रम सुरू भएको छ ।

राष्ट्रपति पौडेल आफूले भने ९४ वर्षीय दाजु डुण्डीराज पौडेल र गुरु पुरोहितबाट शुभ साइतमा टीका र जमरा लगाएका थिए ।